काठमाडौं । अमेरिकाले नेपालमा राजनीतिक हिंसाको सम्भावना बढेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा सम्भावित राजनीतिक हिंसाका कारण नेपालमा सतर्कता बढाइएको जनाएको छ ।
‘शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ अमेरिकी विदेश मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ ।
ट्राभल एड्भाइजरीमा अमेरिकाले स्पष्ट शब्दमा नेपालमा हुने प्रदर्शन र भिडभाडमा नजान आफ्ना नागरिकलाई भनेको छ । अमेरिकाले आफ्ना नागरिकलाई एक्लै पदयात्रा वा आरोहणमा नजान पनि भएको छ ।