• मंसिर १५ २०८१, शनिबार

चुनावमा उमेदवारको योग्यता स्नातक उत्तीर्ण र ६५ वर्ष ननाघेको तोक्न सुझाव

पुष ९ २०८०, सोमबार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेदवारी दर्ता अनलाइनमार्फत् गर्नुपर्ने सुझाव आएको जनाएको छ । यही पुस ६ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको १७औँ वार्षिक प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उमेदवारी मनोनयन सम्बन्धमा त्यस्तो सुझाव आएको उल्लेख गरेको छ ।

आयोगले निर्वाचनको बेलामा भएका कार्यशालामा आएका सुझावलाई प्रतिवेदनमा समेटेको छ । जसमा राजनीतिक दल र उमेदवारबीच सद्भावको अभाव औंल्याएको छ । कम्तीमा स्नातक उत्तीर्ण गरेको र ६५ वर्ष नघाघेको व्यक्ति उमेदवार बन्न पाउने कानुनमै व्यवस्था गर्नुपर्ने सुझाव आएको उल्लेख छ ।

त्यस्तै, प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ०.५ प्रतिशत र प्रत्यक्षतर्फ कुल सदस्यको १० प्रतिशत उमेदवार नदिने राजनीतिक दलको दर्ता खारेजी गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।