काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्र.म दाहालले मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
दाहाल प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको उनले बताए । दाहालले पहिलो वर्ष धेरै काम गर्न नसकिएको बताउँदै आगामी वर्ष पुनः नयाँ ढंगले अगाडि बढ्ने उद्घोष गरिरहेका छन् ।