काठमाडौं । मध्यपूर्वमा अवस्थित लालसागरमा यमनका हुथी विद्रोहीहरूले शनिबार साँझ ड्रोनद्वारा भारतीय झण्डा राखिएको कच्चा तेल ट्यांकरमा आक्रमण गरेको अमेरिकी नौसेनाले जनाएको छ ।
अमेरिकी नौसेनाको सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल साइट एक्समा लेखेको छ, ‘गाबोनको स्वामित्वमा रहेको र भारतीय झण्डा भएको कच्चा तेल ट्याङ्कर एमभी साईबाबा (व्यापारी जहाज) लाई ड्रोनले आक्रमण गरेको जानकारी दिएको छ ।’
अमेरिकी नौसेनाका अनुसार आक्रमणमा कोही पनि घाइते भएका छैनन तर जहाजले दक्षिणी लालसागरमा गस्ती गरिरहेको अमेरिकी नौसेनाको युद्धपोतलाई ‘डिस्ट्रेस’ कल पठाएको छ । यसअघि भारतको पश्चिमी तटमा इजरायलसँग सम्बन्धित एक व्यापारी जहाजमा हवाई आक्रमण भएको थियो ।
अमेरिकाले उक्त जहाजमा इरानले आक्रमण गरेको आरोप लगाएको थियो । गाजा युद्ध सुरु भए यता लालसागर बाहिर कार्गो जहाजमा आक्रमण भएको यो पहिलो घटना हो । बीबीसी