• बैशाख १० २०८२, बुधबार

हमासको समर्थनमा यमनको राजधानी सानामा लाखौंको प्रदर्शन, अत्तालियो अमेरिका

पुष ७ २०८०, शनिबार

काठमाडौं । हमासको समर्थनमा यमनको राजधानीमा शनिबार विशाल प्रदर्शन भएको छ । राजधानी सानासहित यमनको अधिकांश भूभाग इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ, जसले हमासलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

हुथी विद्रोहीले लालसागरहुँदै जाने मालवाहक जहाजमा ड्रोन र रकेटले आक्रमण गरिरहेका छन् । उनीहरूले इजरायल जान लागेकाहरूलाई आक्रमण गरिरहेको बताएका छन् । यसैकारण जहाजबाट सामान ओसारपसार गर्ने विश्वका धेरै ठूला कम्पनीहरूले लालसागर पार नगर्ने घोषणा गरेका छन् ।

यसैबीच अमेरिकाले जहाज बचाउन नौसेना अभियान सुरु गरेको छ । इजरायल र हमास बीचको युद्धको सुरुवात अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि भएको थियो । यद्यपी यसअघि पनि इजरेल र प्यालेस्टिनबीच युद्ध भएका छन् ।

यसपालीको हमास आक्रमणमा १२०० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ । इजरायलले गाजामा गरेको आक्रमणमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएको हमासको दाबी छ ।