• मंसिर १५ २०८१, शनिबार

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हङ्कङ प्रस्थान

पुष ७ २०८०, शनिबार

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हङ्कङ प्रस्थान गरेका छन् । उनको पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङ्कङको निमन्त्रणामा उनी शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की सहभागी रहेका छन् ।

हङ्कङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।
अध्यक्ष लिङ्देन पुस १२ गते स्वदेश फर्कर्ने कार्यक्रम रहेको प्रवक्ता राजेन्द्र लिङ्देनले जानकारी दिए ।