• बैशाख १० २०८२, बुधबार

इजरायलले गाजामा मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गर्याे : महासचिव गुटेरेस

पुष ७ २०८०, शनिबार

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजाभित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन् ।

इजरायलको आक्रमणले गाजाभित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका हुन् । गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः सुरु गर्न आवश्यक रहेको बताए ।

गुटेरेसले गाजामा तुरुन्तै सहायता पुर्‍याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन सहयोग गर्ने आशा व्यक्त गरे ।