• फाल्गुन २६ २०८२, मंगलवार

इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध गरेको छः संयुक्त राष्ट्रसंघ प्रमुख

पुष ७ २०८०, शनिबार

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन्।

इजरायलको आक्रमणले गाजाभित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका हुन्। गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः सुरु गर्न आवश्यक रहेको बताए।

करिब १९ लाख मानिस (गाजाको जनसंख्याको ८५ प्रतिशत) आफ्नो घर छोड्न बाध्य भएका छन्। गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पुर्‍याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गरे।