• बैशाख १० २०८२, बुधबार

परिक्षामा ९० सेकेण्ड अघि नै घण्टी बजाइएका कारण विद्यार्थीले हाले सरकारविरुद्ध मुद्दा

पुष ४ २०८०, बुधबार

काठमाडौं । कलेजमा भर्ना परीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगावै सकिएको भन्दै दक्षिण कोरियाका विद्यार्थीहरूको एक समूहले सरकारविरुद्ध मुद्दा हालेका छन् ।

उनीहरूले प्रतिविद्यार्थी १५ हजार ४ सय अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् । उक्त खर्च पुनः परीक्षा दिने समयसम्म अध्ययन गर्न लाग्ने खर्च हो । विद्यार्थीका वकिलका अनुसार परीक्षा घण्टी चाँडै बज्दा त्यसले विद्यार्थीहरूको बाँकी परीक्षालाई असर गरेको छ । कोरियामा सबैभन्दा जटिल भर्ना परीक्षामा उनीहरूले भाग लिएका थिए । उक्त परीक्षालाई ‘सुनेउङ’ भनेर चिनिन्छ । आठ घण्टा लामो उक्त परीक्षामा धेरै विषयका परीक्षा हुन्छन् ।

यो परीक्षाले विश्वविद्यालयको नियुक्ति र रोजगारीमा मात्र होइन, भविष्यमा निर्माण हुने सम्बन्ध पनि निर्धारण हुन्छ । यो परीक्षा भइरहेका बेला विद्यार्थीलाई बाधा नपुगोस् र उनीहरूले ध्यान केन्द्रित गर्न सकुन् भनेर देशको हवाई क्षेत्र बन्द गर्ने गरिन्छ र शेयर बजार ढिला खोलिन्छ ।