काठमाडौँ । आज पनि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सो बैठक बस्ने भएको जनाइएको छ ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।
मंगलबारको बैठकमा ती विषयमा छलफल मात्र भएकाले आज निर्णय हुने एक नेताले जानकारी दिए ।