• आश्विन १३ २०८१, आईतवार

पाठेघरको मुखको क्यान्सर: लक्षण र बच्ने उपाय

पुष १ २०८०, आईतवार

पाठेघरको मुखको क्यान्सर (human papilloma vorous) प्यापीलोमा नामक भाइरसको कारण हुन्छ । पाठेघरको मुखमा रहेका कोशिकाहरूमा सङ्क्रमण हुँदा अनियन्त्रित तवरले बढ्न सहयोग गर्दा क्यान्सर हुन्छ ।महिलामा सबैभन्दा बढी देखिने समस्या मध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख हो । क्यान्सर मात्र नभई पाठेघरमा विभिन्न समस्याहरु देखिन सक्छ । नेपालमा हरेक बर्ष धेरै महिलामा पाठेघरको क्यान्सर हुने र यसबाट कैयौंको मृत्यु हुने गरेको छ ।

यी हुन्, पाठेघरमा हुने समस्या :
– पेट दुख्नु
– पानी बग्नु
– पाठेघरको मुखमा घाउ हुनु
– गर्भवती हुदा बच्चा पाठेघरभन्दा बाहिर बस्नु
– महिनावारी नियमित नहुनु
– बच्चा जन्माउँदा जटिल हुनु

बच्ने उपाय
– महिनावारी भएको बेला यौनसम्पर्क नराख्ने ।
– २० बर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने ।
– २० बर्ष नपुगी महिलाले बच्चा नजन्माउने ।
– एकभन्दा बढिसँग यौन सम्पर्क नगर्ने ।
– योनीलाई सधै सफा राख्ने ।
– विशेषगरी महिनावारीको बेला सफाईमा ध्यान दिने ।
– महिनावारीका बेला प्रयोग गर्ने कपडा वा प्याड सफा र स्वच्छ प्रयोग गर्ने ।
– ३ बर्षदेखि ५ बर्षको अन्तरमा दोस्रो सन्तान जन्माउने
– बच्चा जन्माउँदा २० देखि ३० बर्ष भित्र जन्माउने ।
– गर्भवती हुनु अघि सम्पुर्ण स्वास्थ्य जाँच गर्ने ।
– धुम्रपान नगर्ने । धुम्रपानले महिलाको पाठेघरको ठुलो समस्या थप्न सक्छ । एजेन्सी