• मंसिर १३ २०८१, बिहीबार

बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैन : अध्यक्ष हमाल

मंसिर २९ २०८०, शुक्रबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नियामक निकायहरुको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताए । ‘काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक छ,’ उनले भने । उनले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने जिकिर गरे । बजारमा कुनैपनि कुराहरू सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताए ।

आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरू राख्नुपर्ने उनको भनाइ छ । अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हीतको लागि नीतिहरू केन्द्रित हुनुपर्ने बताए ।