• मंसिर १५ २०८१, शनिबार

प्रहरी हत्या आरोप लागेका एमाले सांसद कोइरीलाई अदालतको सफाइ

मंसिर २८ २०८०, बिहीबार

काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन् भने सात जनालाई जन्मकैदको आदेश सुनाएको छ ।

महोत्तरी जिल्ला अदालतले बिहीबार यस्तो आदेश जारी गरेको हो । कोइरीलाई सफाइ दिएको छ भने प्रदीप साह माझी, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले यस्तो आदेश दिएको हो । २०७२ भदौमा भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो । सोही हत्या प्रकरणमा आरोप लागेका १९ जना अहिले पनि फरार रहेका छन् ।