काठमाडौं । जनता समाजवादी पार्टीले भोजपुर, ओखलढुंगा, झापा र उदयपुरमा पहिचानवादीमाथि मंगलबार प्रहरी दमन गरिएको भन्दै आपत्ति जनाएको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान र अधिकार प्राप्तिका लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग गरेर कुटपिट गरेको बताएको छ ।
जसपाले आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेहरूमाथि कारकाही गर्न सरकारसँग माग गरेको छ । गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ गर्न जसपाले माग गरेको छ ।