• आश्विन १३ २०८१, आईतवार

दैनिक अनार खानुका फाइदा नै फाइदा

मंसिर २७ २०८०, बुधबार

काठमाडौँ ।  अनार कयौं बिरामीबाट बचाउनका लागि सहयोग गर्छ । स्वास्थ्य विज्ञहरुकाअनुसार नियमित रुपमा अनार खानाले शरीरमा हुने रगत कमीको समस्या हट्छ । यसका साथै अनार खानाले दिमागलाई तेजिलो बनाउन मद्धत गर्छ । डाइट एक्सपर्ट रन्जना सिंहकाअनुसार अनार स्वास्थ्यका साथै छालाका लागि पनि फाइदाजनक छ ।

अनारमा फाइबर, भिटामिन के, सी र बी, आइरन, पोटासियम, जिन्क र ओमेगा—६ फ्याटी एसिडजस्ता पोषक तत्व हुन्छन् । जो स्वास्थ्यका लागि लाभदायक हुन्छन् ।

गर्भवतीका लागि लाभदायी
गर्भवती महिलाका लागि अनारको सेवन एकदमै लाभकारी हुन्छ । यसले रगतको मात्रा बढाउनुका साथै शरीरमा पानीको मात्रा पनि कमी हुन दिदैंन । अनारमा पाइने मिनरल्स, भिटामिन, फ्लोरिक एसिड गर्भवती महिलाको गर्भमा रहेका बच्चाका लागि फाइदाजनक हुन्छ ।

एनिमियामा फाइदाजनक
जुन व्यक्तिमा रगतको कमी, पीलिया, एनिमियाजस्ता बिरामी हुन्छन्, उनीहरुले अनार खादा राम्रो हुन्छ । अनारमा आइरन पाइन्छ, जो रगतको कमीलाई हटाउँछ ।

मुटुको बिरामीलाई लाभकारी
अनारमा फाइबरको मात्रा पाइन्छ, यसका साथै यो शरीरमा पानीको कमीलाई पनि पूरा गर्न सहयोग गर्दछ । डाक्टरहरु पनि मुटुका बिरामीलाई अनार सेवन गर्ने सल्लाह दिन्छन् ।

पुरुषका लागि फाइदा
जुन व्यक्तिमा शारिरीक कमजोरी, थकान आदिको समस्या हुन्छ, उनीहरुलाई अनार खानु बढी फाइदाजनक हुन्छ । यसबाट पुरुषत्व बढाउन सहायता मिल्छ । दैनिक एक दाना अनार खानु पुरुषका लागि फाइदाजनक छ ।

नयाँ कोषिका निर्माण
अनार छालाको माथिल्लो भागलाई सुरक्षित गर्नुका साथै कोषिका निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाउँछ । यसले अनुहारमा निखार ल्याउन भूमिका खेल्छ । आम रुपमा कुनै पनि फलफुलकोे सेवन विहानको समयमा उपयुक्त मानिन्छ । विहान उठेर नास्ताभन्दा आधा घण्टा पहिले अनार खानु उपयुक्त मानिन्छ ।