• मंसिर १२ २०८१, बुधबार

२० वर्षीया मिन्कुदेवीले तिम्ल्याहा शिशु जन्माइन्

मंसिर २६ २०८०, मंगलवार

बारा । वीरगन्जमा २० वर्षकी एक महिलाले एकै पटक ३ सन्तानको जन्म दिएकी छिन् । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलियाकी मिन्कुदेवी रामले आइतबार एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् ।

वीरगञ्जको बिर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दीप्ति यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले भनिन्, ‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशु सहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ ।’

मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्य चौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताए ।