• फाल्गुन २६ २०८२, मंगलवार

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशनबाट चेम्जोङ चयन

मंसिर २५ २०८०, सोमबार

न्यूयोर्क,गत ३ डिसेम्बर २०२३ का दिन सम्पन्न नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन न्यूयोर्कमा सम्पन्न भएको छ ।
नव निर्वाचित कमिटीमा अध्यक्ष लोक चेम्जोङ सहीत २७ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित भएका छन् । समिर महर्जनको अध्यक्षतामा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनको प्रमुख अतिथि जसपा नेपालका वरिष्ठ कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेठ रहनुभएको थियो ।
त्यसैगरी अधिवेशनले निम्न पदाधिकारीमा अध्यक्ष लोक चेम्जोङ, न्यूयोर्क, वरिष्ठ उपाध्यक्ष–ओमराज सम्बाहाङ्फे न्यूयोर्क, उपाध्यक्ष–चिना योन्जन, उपाध्यक्ष–सुमन बुढामगर न्यूयोर्क, महासचिव–शेखर राई न्यूयोर्क, सचिव–टंक सेलिङ न्यूयोर्क, कोषाध्यक्ष– सुवर्ण शाक्य र सदस्यहरुमा क्रमशः केशबराम राई, काजी शेर्पा, राम लिम्बु, तोङसा योङया, गणेश राई, मात्रिका गुप्ता, भीम माबो, मादी देवान, हरि प्रसाद जवेगु, गजेन्द्र सुब्बा, मिना चेम्जोङ, सेहाङ नेम्वाङ, देशहाङ हुक्पा चोङबाङ, मणि चेम्जोङ, देव पुन, भीमबहादुर थापामगर, लाल घले, प्रकाश परिवार, बिनोद राई, सामदेनला रुईत शेर्पा चयन भए ।
नेपाली समाज अमेरिका विगत एक दशकदेखि निरन्तर नेपाली अमेरिकन समुदायको सुख दुःखको सारथी बन्दै हामी नेपाली समाज अमेरिका मार्फत विभिन्न राजनीतिक तथा सामाजिक कार्यहरू गर्दै आईरहेको छ । ययले नेपालका अल्पसंख्यक, आदिवासी जनजाति, मधेसी, महिला, शिल्पी तथा राज्यले पछी पारेका समुदायको अधिकार, पहिचान, आत्मासम्मानको पक्षमा उभिएर राज्यको मूलप्रवाहमा तिनिहरूको सम्मानजनक समानुपातिक प्रतिनिधित्वको लागि लड्ने साथै यसलाई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय तहबाट सम्बोधन गराउने मूल उदेश्य रहेको छ । साथै नेपाली अमेरीकन समुदायविच भाईचारा, सद्भाव र सहकार्य गर्दै नेपाली अमेरीकन पहिचानलाई स्थापित गर्न यहाँको मूलप्रवाहमा नेपाली समुदायको पहुँच र प्रतिनिधित्वको लागी समेत काम गर्दै आएको छ ।
अधिवेशनमा जसपाका राजनितीक समिति सदस्य तथा प्रवास कमिटी ईन्चार्ज आङकाजी शेर्पा, जसपा केन्द्रीय सल्लाहकार डा.महेन्द्र लावती, जसपा केन्द्रीय सदस्य तथा प्रवास कमिटी सहईन्चार्ज पार्वती थापा मगर, प्रवास विशेष समितिका अध्यक्ष विश्वासदिप तिगेला, साथै विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरू लगायतले शुभकामना व्यक्त राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण महासचिव मनु लोहरुङले गर्नु भएको हो ।