• मंसिर १५ २०८१, शनिबार

पदबाट राजीनामा दिँदै प्रचण्डका राजनीतिक सल्लाहकार गजुरेलले भने,‘बाँकी कुरा पछि भन्छु’

मंसिर २४ २०८०, आईतवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । आइतबार एक सञ्चारमाध्यमसित कुरा गर्दै उनले आफूले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए ।

राजीनामा दिनुको कारण पछि खुलासा गर्ने उनको प्रतिक्रिया दिए । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे अलि पछि जानकारी गराउँछु’, उनले भने ।

गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी दाहालले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै दाहालसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ मा लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए ।

सल्लाहकारमा भूमिकाबिहीन बनाइएकोमा पनि असन्तुष्ट थिए । आफ्नो राजीनामा पुष्टि भएको नभएको बारे थाहा नभएको जानकारी दिए ।