• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकामा गोली हानाहान, ३ जना युवा घटनास्थलमै मारिए

मंसिर २४ २०८०, आईतवार

न्युयोर्क । अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एकजना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।

घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहारबारे अनुसन्धान जारी छ ।

गैरनाफामुखी अनुसन्धान समूह गन भाइलेन्स आर्काइभले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको सिकार बनेका छन् ।