• मंसिर १५ २०८१, शनिबार

गंगा दाहालमाथिको आरोप पुष्टि गर्न सांसद सिंहलाई सेर्पाली चेतावनी

मंसिर २४ २०८०, आईतवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका अध्यक्ष सुबोध सेर्पालीले सांसद अमरेश सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव समेत रहेकी छोरी गङ्गा दाहालबारे सामाजिक सञ्जालमा गरेको टिप्पणी अत्यन्तै गम्भीर रहेको बताएका छन् ।

सेर्पालीले सांसद सिंहलाई कि त लेखेको बोलेका कुराहरूको सत्य तथ्य प्रमाण पेश गर्नुपर्ने होइन भने स्वार्थ पुरा नभएपछि जे पायो त्यही आरोप लगाउँदै बोल्ने छुट नभएको चेतावनी दिएका छन् ।

‘प्रधानमन्त्री सचिवालयबारे डाक्टर अमरेशकुमार सिंहले सामाजिक सञ्जालमा लेखेको विषय अत्यन्तै गम्भीर छ’, सेर्पालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डाक्टर साप कि त लेखेको बोलेको कुराहरूको सत्य तथ्य प्रमाण पेस गर । होइन भने जथाभाबी आफ्नो स्वार्थ पूरा नभएपछि जे पायो त्यही आरोप लगाउँदै बोल्ने छुट कदापि छैन ।’

स्वतन्त्र सांसद सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण आफूसँग रहेका दाबी गरेका थिए । सिंहले आफूसँग भएको प्रमाण समय आएपछि जनता र मिडियामा लैजाने समेत बताएका थिए ।