नेपाल एक बहुभाषिक, बहुजाति, बहुसंस्कार र संस्कृति भएको देश भनि विश्वमै चर्चित रही आएको छ । त्यसमा पनि काठमाडौं उपत्यकाको संस्कार र संस्कृतिले गर्दा त झन नेपालको पहिचानलाई अफ बढी चर्चित बनाएको छ । विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बनाएको छ । मुख्य रुपमा नेपालको संस्कृति झल्काउने विभिन्न जात्रा, चाड, मेला र पर्वहरुले नेपालको संस्कृतिको धरोहरको रही आएको नेवारको संस्कार र संस्कृति नै महत्वपूणर् रही आएको छ ।
नेवारको जन्मदेखि मृत्यु पर्यन्त सम्मको संस्कारमध्ये महत्वपूर्ण रही आएको एउटा संस्कार हो बाला चतुर्दशी अर्थात् सतबिज छर्ने दिन । धान, गहुँ, चामल, मकै, भटमास, लाभा, मास, सस्यूँ, कालो तिल, जी, सानो केराउ, नीथरी गेडागुडी र केरा, सुन्तला, स-साना टुक्रा गरी काटेका उखु पनि बिउको रुपमा पशुपति, गुह्येश्वरी क्षेत्रका वनमा छरेर बाला चतुर्दशी मनाउने गरिन्छ । दिवंगत भैसकेका पुर्खाका नाममा यसरी सतबिज छरेर उनीहरुको उद्धार होस, सुखावती भूवनमा बास होस् भनि कामना गरिने हो ।
बाला चतुर्दशीका दिन श्रृष्टिकर्ताको प्रतीकको रुपमा लिइराखेका शिवलिङ्ग र गुह्येश्वरीमा पनि सतबिज छर्ने गरिन्छ । बाला चतुर्दशीका दिन पशुपतिमा रहेका एकसय आठ शिवलिङ्ग, श्लेषमान्तक वन, मृगस्थली र गुह्येश्वरी क्षेत्रमा मृतकका नाममा सतबिज छर्ने गरिन्छ भने अघिल्लो दिन राती त्यहीँ बास बसि रातभर जाग्राम रही लाख बत्ति बालेर मृतकका आत्मा र परमात्माको सम्बन्धलाई संझिने गरिन्छ ।
पशुपति र गुह्येश्वरीलाई महिला र पुरुष अर्थात् पुलिङ्ग र स्त्रीलिङ्गका प्रतीकको रुपमा मान्ने गरिन्छ । सृष्टिको प्रतीकको रुपमा पशुपति र गुह्येश्वरीलाई मान्दै आएको पाइन्छ । श्लेषमान्तक वन र मृगस्थली पशुपति र गुह्येश्वरीको यौन लीलासँग सम्बन्ध रहेको पवित्र स्थानको रुपमा पनि मान्ने गरिन्छ । पशुपतिमा रहेको एकसय आठ शिवलिङ्गको स्थापना राजा प्रताप मल्लले गराएका हुन् । राजा प्रताप मल्लले एउटी नाबालिकालाई यौन सम्बन्ध राखी हत्या गरेकाले प्रायश्चितको रुपमा शिवलिङ्ग स्थापना गरेका हुन् । मृतकलाई मसानमा जलाई भष्म गर्ने अर्थात् अन्त्येष्टि कर्म गर्ने स्थान र श्रृष्टि चक्र चलाइरहने पशुपति र गुह्येश्वरीबीच रहेको अन्तरसम्बन्ध सम्झिने र बाला चतुर्दशीमा पुर्खाको नाम स्मरण गर्दै सतबिज छर्ने परम्परा छ ।
बाला चतुर्दशीको विषयमा एउटा परम्परागत किवंदन्ती रही आएको छ । जस्ले गर्दा बाला चतुर्दशीमा सतबिज छर्ने चलन नेवारहरुले नै चलाउँदै आइरहेको हो भन्न सकिन्छ । परापूर्वकालमा एक पटक पशुपतिको मसानमा मृतकको लाश जलाइरहेको बेलामा गुथियारहरुले खाना खाइरहेको बेलामा अपर्झट लासको टाउको पड्कएर गुथियार बालानन्दले खाइरहेको भागमा गिदी पर्न जान्छ । तर बालानन्दलाई यो कुरा थाहा हुँदैन । उसले मासु चिउरासँगै मरेको मान्छेको गिदी पनि खाइदिन्छ ।
पछि बालानन्दले थाहा पाउँछन् । तर उसलाई धेरै मीठो लाग्छ । पछि बालानन्दले पशुपतिको मसानमा गएर मृतकका गिदी खाने गर्न थाल्यो । बालानन्द पशुपतिको मसानमै बसी लाश जलाउने र मसान सफा गर्ने काम गर्न थाल्यो । बालानन्दलाई मृतकका लुगा र पैसा पनि दिन थाल्यो । लाश जलाउँदै गर्दा बालानन्दले मृतकका गिदी मात्र खान थाल्यो । अनि उसको नाम बालानन्द होइन बालासुर हुन थाल्यो । बालानन्दलाई राक्षसको रुपमा पनि चाँदीको मासु खाँदा खाँदा बालानन्दको टाउको पनि चाँदी जस्तै टल्कन थाल्यो ।
यसरी मानिसको मरेको मान्छेको गिदी र मासु खान पल्केका बालासुर राक्षसले त्यहाँ जलाउन ल्याएका मृतक मसानमा पुग्न नपाउँदै बीच बाटोमै खोसेर लगि जंगलमा गई खाने खाने गर्न थाल्यो । बालासुरले यसरी दुःख दिएकाले सबै जनता मिलेर त्यस बेलाका राजा भुवनकेशरीलाई भन्न जाँदा कसरी बालासुरलाई मार्न सकिन्छ भनि सल्लाह गरे । अनि राजाले बालासुरका मित वृषसिंहलाई धेरै धन सम्पति दिने दिने लोभ देखाइ बालासुर राक्षसलाई मार्ने आदेश दिन्छ ।
राजाको आदेश पुरा गर्न वृषसिंहले आफ्नो मित बालासुरलाई मार्ने शक्ति प्राप्त गर्न पशुपतिनाथकको तपस्या गर्छ । नृसिंहलाई पशुपतिले दर्शन दिंदै मैले बालासुरलाई मार्ने शक्ति दिन्छु तर तिमीले बालासुरलाई मारिसकेपछि उसको टाउकोको मुकुट बनाएर चढाउन ल्याउनु पर्छ भनि अन्तरध्यान हुन्छन् । यसरी महादेवले वरदान दिएपछि बृषसिंहले बालासुरलाई खुवाउन १० जना ज्यामीहरुलाई जाँड, मासु र चिउरा बोकाएर बालासुर कहाँ जान्छ । बालासुर आफ्नो मित आएकोदेखि धेरै खुशी हुन्छ ।
वृषसिंहले खुवाउन लगेको खानेकुरा खुवाएर जाँड र रक्सी धेरै खुवाइ मताई दिन्छ । बालासुरलाई वृषसिंह र ज्यामीहरु मिलेर डोरीले बाँधेर इनारमा खसालेर मारी दिन्छन् । अनि वृषसिंहले बालासुरको टाउकोको मुकुट बनाएर पशुपतिमा चढाउँछ । अनि वृषसिंहले महादेवसँग आफ्नो मित मारेको पापबाट मुक्त हुने वरदार माग्छ । अनि महादेवले वृषसिंहलाई आज्ञा गर्नुहुन्छ । बालासुरको टाउको यसरी पशुपति महादेवले बालासुर उसको मुकुट बनाएर लगाई दिएर पूजा गरेमा मित मारेको पापबाट सुरको मुकुट लगाएको दिन जस्ले सात पुस्तासम्म मोक्ष प्राप्त हुनेछ, स्वर्गमा जान पाउनेछ । यो उहिले देखिदेखिको मालिक संस्कृति हो । यो चलन आजसम्म महादेवको दर्शन गरेर सतबीज छर्ने गरिन्छ ।