काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २२ गते सम्पन्न २४३औं संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो।
कम्पनीले पुस २० गते शुक्रबार साधारण सभाको मिति तोकेको छ। पुस ८ गते बुक क्लोज मिति तोकिएको छ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ।
लाभांशमध्ये १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो। यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनलाई कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने भएको हो।