काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बरामद गरेको सुन भएको पाइएको छ ।
बिहीबार राति दुबईबाट आएका चन्द्र घले करिव १४ किलो सुनसहित पक्राउ गरेका थिए । प्लाष्टिक कभरसहित ७ थान सुन परीक्षणका लागि भन्सार विभागमा पठाइएको थियो ।
विभागका अनुसार प्लास्कि कभर खोलेर हेर्दा प्रत्येक पोकामा छुट्टा छुट्टै १–१ केजीका 1 KILO FINE GOLD– 999.99 अंकित २ थान विस्कुट भेटिएको छ ।
यसरी भेटिएको १४ वटै विस्टुकको छुट्टाछट्टै परीक्षण ईडीएक्स उपकरण (एक्सरे)मा परीक्षण गरिएको थियो, जसमा सबै विशुद्ध सुन भएको पाइएको छ ।
परीक्षणपछि सबै सुन विभागले विमान स्थल भन्सार कार्यालयमा फिर्ता गरेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न विभागले भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति बनाइसकेको छ ।