काठमाडौं । भारत सरकारले आजदेखि लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।
भारतले एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ बढ्न सक्नेछ । प्याजको माग बढेसँगै भारतले निर्यातमा प्रतिबन्ध लगाएको हो । उत्पादन कम र बजारमा माग बढी भएपछि विभिन्न देशम गर्दै आइरहेको प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्यमा बृद्धि हुन सक्नेछ । नेपाली बजारमा केही समयअघिदेखि प्याजको हाहाकार भइरहेका बेला भारतले लगाएको प्रतिबन्धले मूल्यबृद्धिसँगै प्याजको अभाव हुन सक्नेछ ।