काठमाडौं । गत कात्तिकको भूकम्पमा परेर क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि बैंकबाट सहुलियत ऋण मिल्ने भएको छ ।
नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने भएको हो।