• मंसिर १२ २०८१, बुधबार

कालो चिया पिउनुका फाइदा

मंसिर २२ २०८०, शुक्रबार

कालो चिया पिउनुका फाइदा यस्ता छन्ः

वजन घटाउनेः  कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।

हृदयाघातको जोखिम कमः  दिनहुँ २।३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।

हड्डीको मजबूतीः  चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।

दाँतको सुरक्षाः  चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबूत बनाउँदछ ।

रोगप्रतिरोधः कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।

क्यान्सरबाट बचावटः  चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

बुढोपना घटाउनेः  चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।