• मंसिर १२ २०८१, बुधबार

के हो लो ब्लड प्रेसर ?

मंसिर २० २०८०, बुधबार

सामन्यतया रक्तचाप १२०–८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०–६० वा त्यो भन्दा कम भयो भने यसलाई लो ब्लड प्रेसरको समस्या भनिन्छ । लो ब्लड प्रेसर हुन कारण निम्न छन् :

१. गर्भवती अवस्था
गर्भवती अवस्थामा महिलामा ब्लड प्रेसर लो हुन्छ । तर, यो अवस्थामा प्रेसर लो हुनु सामान्य हो । बच्चा जन्मभएपछि रक्तचाप सामन्य अवस्थामा आउँछ । यदि त्यसपछि पनि प्रेसर सामान्य भएन भने चाहिँ यसको उपचार गराउनु पर्दछ ।

२. मुटुको समस्या
यदि मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोग छ भने यो अवस्थामा पनि ब्लड प्रेसर लो हुनसक्छ । यस्तो अवस्थामा नियमित प्रेसर परीक्षण गराई चिकित्सकको परामर्श लिनुपर्दछ ।

३. इन्डोक्राइन समस्या
थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र मधुमेहमा पनि रक्तचाप न्युन हुनसक्छ ।

४. डिहाइड्रेसन
शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ ।

५. रक्तश्राव
चोटपटकको कारण रक्तश्राव भएमा पनि अचानक शरीरमा रक्तचाप न्युन हुन सक्छ ।

६. पोषणको कमी
शरीरमा भिटामिन बि १२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।

७. औषधी
उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको धेरै औषधी सेवन गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।

८. अन्य
यस अलावा अन्य बिभिन्न कारण जस्तै, चक्कर आउँदा, डेँगु मलेरिया, वा कुनै डरलाग्दो दृश्य देख्दा, तनावका कारणले पनि रक्तचाप न्युन हुनसक्छ ।

लो ब्लड प्रेसरका लक्षणहरु :
– कमजोरी महशुस हुनु
– रिंगटा लाग्नु
– धेरै तिर्खा लाग्नु
– दृष्टि धमिलो हुनु
– थकान लाग्नु
– छालामा पहेंलोपन देखिनु
– शरीर चिसो हुनु
– छिटो छिटो सास बढ्नु