• फाल्गुन ३० २०८२, शनिबार

ओखलढुंगामा देउवालाई कालोझण्डा देखाउने ९ जना पक्राउ

मंसिर १९ २०८०, मंगलवार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित कांग्रेस ओखलढुंगाको कार्यक्रममा कालोझण्डा देखाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यक्रममा कांग्रेस कोशी प्रदेशसभा सांसद रामकुमार खत्री पनि सहभागी थिए । सांसद खत्रीको नाम लिँदै कालोझण्डा देखाएको आरोपमा प्रहरीले ९ जनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो ।

कोशी प्रदेश नाम खारेजीको माग राख्दै आएकाहरूले कालोझण्डा देखाएका थिए । उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी दीपकबहादुर केसीले बताए । ‘सांसदको नाम लिएर प्रदर्शन गर्दै कालोझण्डा देखाएपछि कार्यक्रम बिथोल्न सक्ने भएकाले हामीले नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘उहाँहरूलाई आजै छाड्ने तयारी छ ।’ प्रहरीले पक्राउ परेकाहरूको नाम भने खुलाएको छैन ।