• फाल्गुन ३० २०८२, शनिबार

हिजो मात्रै रुसी सेनामा भर्ती हुन ५३ नेपाली युवा दिल्लीहुँदै रुस गएको सूचना छ : प्रम दाहाल

मंसिर १८ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा भर्ती हुनका लागि हिजोमात्रै नयाँ दिल्ली हुँदै दुई समूहमा नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् ।

सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘हिजोमात्रै दिल्लीबाट २६ र २७ जना गरी दुई समूहमा रुसी सेनामा भर्ती हुन गएको सूचना प्राप्त भएको छ,’ उनले भनेका थिए ।

यसरी अनधिकृत रुपमा नजानका लागि सरकारले अनुरोध गरिसकेको जानकारी गराउँदै रुसलाई पनि भर्ती नगर्न अनुरोध गरेको बताए । ‘आफ्नो ज्यान जोखिममा राखेर भर्ती हुन नजान सरकारले आग्रह पनि गरेको छ,’ उनले भने ।