• फाल्गुन ३० २०८२, शनिबार

टिकटक विस्तारै खुल्छ, एनसेल यही अवस्थामा अघि बढ्न सक्दैन : प्र.म दाहाल

मंसिर १८ २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए ।

उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा सोमबार सिंहदरबारमा भने, “एनसेल जस्ताको त्यस्तैरुपमा अघि बढ्दैन । अध्ययन गर्छौँ, त्यसपछिमात्रै निर्णय हुनेछ । टिकटक नियमनमा राखेर विस्तारै खोल्न सकिन्छ ।”