• मंसिर ११ २०८१, मंगलवार

प्रकाश सपुतको पहिलो फिल्मले नै मनायो ५१औं दिन

मंसिर १८ २०८०, सोमबार

काठमाडौं । प्रकाश सपुतको पहिलो सिनेमाले प्रदर्शनको ५१औं दिन मनाएको छ । प्रकाश अभिनित चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१औं दिन मनाएको हो ।

नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी लगायत मुख्य भूमिकामा छन् । राजेश बंशल निर्माता रहेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । अझै पनि यो चलचित्र केही हलमा प्रदर्शनरत छ ।

आफ्नो पहिलो चलचित्रले नै ५१औं दिन मनाएकोमा प्रकाशले खुसी व्यक्त गर्दै आफ्ना लागि यो अविश्मरणीय रहेको उनले बताएका छन् । आफूलाई विश्वास गरेर अवसर दिएकोमा उनले निर्माता र निर्देशकलाई धन्यवाद समेत दिएका छन् ।