• फाल्गुन ३० २०८२, शनिबार

झलनाथ खनाल र चिनियाँ राजदूतबीच के विषयमा कुरा भयो ?

मंसिर १७ २०८०, आईतवार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन् ।

पार्टीको विदेश विभाग प्रमुख रहेका खनालसँग आइतबार डल्लुस्थित निवासमा शिष्टाचार भेटवार्ता भएको हो ।

त्यसक्रममा उनीहरूबीच आपसी हित एवं द्विपक्षीय चासोका विषयमा कुराकानी भएको खनालका स्वकीयसचिव कृष्ण भट्टराईले जानकारी दिए ।