• मंसिर १२ २०८१, बुधबार

जर्मनी युरोकपको ‘ड्र’ सार्वजनिक, समूह ‘बी’ ग्रुप अफ डेथ

मंसिर १७ २०८०, आईतवार

काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरोकप २०२४ को ड्र सार्वजनिक भएको छ। शनिबार राति जर्मनीमा ड्र सार्वजनिक भएको हो।

सार्वजनिक भएको ड्रअनुसार समूह ‘बी’ ग्रुप अफ डेथ अर्थात् कठिन समूह देखिएको छ। ग्रुप अफ डेथ मानिएको यो समूहमा स्पेन, इटाली, क्रोएसिया र अल्बानिया छन्।

विभिन्न १० समूहका उत्कृष्ट २ देशले सोझै जर्मनी युरोकपको टिकट काटेका थिए। जर्मनीले आयोजकको रुपमा सोझै युरोकप खेल्दैछ। यसरी छनोट भएका २१ देश र प्लेअफमार्फत् छानिएर ३ देशलाई मिसाएर ड्र गरिएको थियो।

यस्तो छ सार्वजनिक भएको ड्र:
समूह ‘ए’: जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड
समूह ‘बी’: स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह ‘सी’: स्लोभानिया, डेनमार्क, सर्बिया, इंग्ल्याण्ड
समूह ‘डी’: प्लेअफ ‘ए’ को विजेता, नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स
समूह ‘ई’: बेल्जियम, स्लोभाकिया, रोमानिया, प्लेअफ ‘बी’ को विजेता
समूह ‘एफ’: टर्की, प्लेअफ ‘सी’ को विजेता, पोर्चुगल, चेक रिपब्लिक

प्लेअफ ‘ए’ मा पोल्याण्ड, वेल्स, फिनल्याण्ड, इस्टोनिया छन्। त्यसैगरी प्लेअफ ‘बी’ मा इजरायल, बोस्निया हर्जगोभिना, युक्रेन र आइसल्याण्ड छन्। प्लेअफ ‘सी’ मा जर्जिया, ग्रिस, काजकास्तान, लक्जम्बर्ग छन्।