• फाल्गुन ३० २०८२, शनिबार

अब कुनै निर्वाचनमा कांग्रेसले कसैसित गठबन्धन गर्दैन : शेखर कोइराला

मंसिर १६ २०८०, शनिबार

बुटवल । कांग्रेस नेता शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए ।

युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने कोइरालाको भनाइ थियो ।

‘दैनिक लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन । केवल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ ?’ कोइरालाले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए । कोइरालाले कांग्रेस एक ढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्ने बताए ।