• आश्विन १३ २०८१, आईतवार

कपाल झर्ने समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय

मंसिर १६ २०८०, शनिबार

धेरैजसो मानिसमा कपाल झर्ने समस्या हुन्छ । के तपाईंले पनि यस्तो महसुस गर्नु भएको छ ?

अमेरिकन एकेडेमी अफ डर्माटोलोजिस्टका अनुसार दैनिक ५० देखि १०० वटा कपाल झर्नु स्वभाविक हो ।

यसलाई रोक्न अन्य उपाय कस्ता छन् ?

– आफ्नो खानपिनमा ध्यान दिनुहोस्

– शारीरिक र मानसिक तनावबाट टाढै बस्नुहोस् ।

– आफ्नो खानामा भिटामिन, प्रोटिन र आइरनले भरपुर चिज समावेश गर्नुहोस् ।

– तनाव कम गर्नका लागि आफूलाई मनपर्ने केही क्रियाकलापमा व्यस्त हुनुहोस् ।

यस्ता चिजलाई आफ्नो खानामा समावेश गर्नुहोस्ः

जुन चिजमा प्रोटिन हुन्छन् र जुन चिजले हाम्रो कपाललाई बलियो बनाउँछ, त्यसलाई खानपिनमा समावेश गर्नुहोस् ।

– कोही शाकाहारी हुनुहुन्छ भने सोयाबिन, दाल, पनिर आदि खान सक्नुहुन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ ।

– यसैगरी आइरनले भरपुर खानेकुरा जस्तै पालुङ्गो, हरियो पत्तेदार सागसब्जी खानुहोस् ।

– दिनमा ४ देखि ५ लिटर पानी पिउनुहोस्