• माघ १८ २०८१, शुक्रबार

सामाजिक सञ्जालहरुलाई ३ महिनाभित्र नेपालमा दर्ता गर्न सञ्चार मन्त्रालयको निर्देशन

मंसिर १५ २०८०, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० अनुसार सञ्चालनमा आउन मन्त्रालयले निर्देशन दिएको हो ।

यससँगै हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्नेछ ।

यसका लागि कम्पनी आफै वा प्रतिनिधिमार्फत् निर्देशिकाको अनुसूची १ मा भनिए अनुसार मन्त्रालयको सामाजिक सञ्जाल नियमन इकाईको इमेल कलचग२mयअष्त।नयख।लउ मा कागजात पठाउन सकिने मन्त्रालयले बताएको छ । यस्ता कम्पनीहरुले सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन गर्नका लागि नेपालभित्र सम्पर्क विन्दुको व्यवस्था गर्नुपर्नेछ ।

नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीले तीन महिनाभित्र कार्यालय स्थापना गर्ने वा सम्पर्क विन्दु तोक्नुपर्ने मन्त्रालयले बताएको छ । तीन महिनाभित्र सूचीकरण नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने बताएको छ ।