काठमाडौं । जापानले ललितपुरको श्री कालीदेवी माविमा छात्रावास निर्माणका लागि आर्थिक सहयोग गरेको छ । यसका लागि नेपालका लागि जापानी राजदूत किकुता युताका र लभ ग्रीन नेपालकी अध्यक्ष सुश्री अमिराबीच सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुरको दक्षिणपश्चिमी भाग र मकवानपुर आसपासका करिब ४०० विद्यार्थीहरु यसबाट लाभान्वित हुनेछन् ।
यो धेरै दुर्गम क्षेत्र हो । लामो दूरीको यात्रा गरेर विद्यालयमा जान बाध्य विद्यार्थीहरुले छात्राबासको कोठामा बसेर सुरक्षितसाथ शिक्षा हासिल गर्न सक्नेछन् । यसमा महिलाहरुलाई प्राथमिकता दिइनेछ ।
यो जापानी परियोजनाले सुरक्षित तरिकाले शिक्षाको स्तर प्रभावकारी बनाउने आधार प्रदान गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले शिक्षाको सुधारमा टेवा पुर्याउने जापानी दूतावासको विश्वास छ ।