• आश्विन १३ २०८१, आईतवार

निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त हुनेहरुलाई `इनसोमनिया´हुने खतरा

मंसिर १४ २०८०, बिहीबार

धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ । निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ ।

इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई निद्रा आउँदैन र पूरै रात ओछ्यानमा यता उता पल्टदै रात कट्न सक्छ । निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ । कसैलाई रिंगटा लाग्ने, काममा ध्यान नजाने लगातका समस्या उत्पन्न हुन सक्छ । यदी तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ जसका कारण निद्रा राम्रोसँग लाग्न सक्छ ।

तातो पानीले नुहाउने– थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ ।

तातो दूध र मह– प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ । तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ । दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभुति हुने गर्छ ।

हर्बल चिया–रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ ।