• मंसिर १२ २०८१, बुधबार

डल्ले खुर्सानीका १२ फाइदाहरु

मंसिर १३ २०८०, बुधबार

१. अकबरे खुर्सानीको नियमित सेवनले यसले खानालाई पचाइ पांचन प्रकृया नियमित गराउन मदत गर्दछ।

२. माइग्रेनको समस्यामा पनि केही हदसम्म राम्रो मानिन्छ।

३. अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न मदत गर्दछ।

४. यो खुर्सानी हालेर पकाइएको खानेकुरामा किटाणुरहित हुने हुनाले थोरै भए पनि तपाइले यसलाई आफ्नो खानामा समावेश गर्नुभयो भने राम्रो हुन्छ।

५. थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ती आउछ।

६. नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ।

७. यसले पिसाब सम्बन्धि समस्या कम गराउन मदत गर्दछ।

८. यो खुर्सानीमा क्याप्सिसिन पाइने हुनाले पेट सम्बन्धि समस्यामा यो लाभदायक मानिन्छ।

९. यसले रगतमा चिनीको मात्रा घटाउन मदत पुर्याउछ, र सुगर रोगबाट बच्न मदत गर्दछ।

१०. अकबरे खुर्सानीको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ।

११. यसको सेवनले पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरू निको हुन्छ।

१२. अकबरे खुर्सानी सधै खानाले यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ।