• आश्विन १३ २०८१, आईतवार

स्वादिलो मात्र होइन माछा सेवन गर्नु स्वास्थ्यवर्धक पनि, सातामा दुई पटक माछा खाँदा उमेर २ वर्ष बढ्ने

मंसिर १२ २०८०, मंगलवार

माछा केवल स्वादिलो मात्र होइन, स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त लाभदायक मानिन्छ । एक अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुने देखिएको छ ।

एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले करीब २ हजार ७ सय जनाको स्वास्थ्य र खानपानको सर्वेक्षणपछि यस्तो तथ्य निकालेका हुन् ।

अध्ययनमा, जो व्यक्ति सातामा दुईपटक माछाको सेवन गर्छन्, उनीहरूको उमेर दुई वर्ष अझ बढ्ने देखिएको थियो । यति मात्र नभएर माछामा भएको ’ओमेगा ३’ फ्याटी एसिड उमेर वृद्घमिा सहयोगी मात्रै हुँदैन, यसले मुटु रोगले मृत्युको खतरा ३५ प्रतिशतसम्म कम गर्छ । बढी जीवित रहने सम्भावना २७ प्रतिशत बढाउँछ ।

अध्ययन अनुसार, रगतमा जति ’ओमेगा ३’ को स्तर बढी हुन्छ, मुटु त्यति नै स्वस्थ रहन्छ । उमेर बढ्नुका साथै तन्दुरुस्ती कायम रहनेछ । सातामा दुई पटक माछा खाँदा उमेर २ वर्ष बढ्ने उक्त अध्ययनमा दाबी गरिएको छ ।