सियोल । आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको संख्या आधा हुने अनुमान गरिएको छ । तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसंख्या र कीर्तिमानी रूपमा कमहुँदै गएको न्यून जन्मदरका कारण त्यहाँका युवाको संख्या घट्ने अनुमान गरिएको हो ।
तथ्यांक कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको संख्या कूल जनसंख्याको २० दशलमव चार प्रतिशत अर्थात् एक करोड दुई लाख १३ हजार थियो । यो उमेर समूहको संख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो संख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ ।
सन् २०५० मा कूल जनसंख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात् एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत संख्या तीव्र रूपमा बढ्दो जनसंख्याका बीच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यून स्तरमा पुगेको छ ।
कूल युवा जनसंख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ । यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्र रूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ ।
कूल युवा महिलाहरूमा आर्थिक रूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ ।आर्थिक रूपमा सक्रिय युवा पुरुषको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ ।