• फाल्गुन ३० २०८२, शनिबार

माओवादी केन्द्रले नयाँ वेबसाइट सञ्चालनमा ल्यायो

मंसिर ११ २०८०, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ । लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो । उक्त वेबसाइटलाई अध्यक्ष पुष्पकमल दाहालले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।

www.cpnmc.org लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ । वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरू बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ ।

वेबसाइट हतारमा बनाइएकाले बिस्तारै अपग्रेड गर्दै लैजाने आइसिटी फोरमका संयोजक गोविन्द आचार्यले बताएका छन् । साइट म्याटरलाई भन्दा गतिविधिलाई मुख्य स्थान दिएको छ । सुरुवातीमा पदाधिकारीहरूको जानकारी राखिएको छ । बिस्तारै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग, भातृ सङ्गठन, प्रदेश, स्थानीय कमिटी सबै सङ्गठनात्मक संरचना तयार गर्ने आचार्यले बताए ।