• फाल्गुन ३० २०८२, शनिबार

देउजालाई तत्काल रिहा नगरे कडा कदम चाल्ने राप्रपा नेपाल निकट युवा मोर्चाको चेतावनी

मंसिर १० २०८०, आईतवार

काठमाडौँ । राप्रपा नेपाल निकट राष्ट्रिय युवा मोर्चा नेपालले मोर्चाका अध्यक्ष नगेन्द्र देउजालाई गत मङ्सिर ८ गते पक्राउ गरी थुनामा राखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिना कारण बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरी हालसम्म थुनामुक्त नगरेको हुँदा तत्काल उनको निशर्त रिहाइको माग गर्दै नागरिकको स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउने अधिकारको सुनिश्चित गर्न मोर्चाले सरकारसँग माग गरेको छ ।

आइतबार बेलुकासम्म देउजालाई थुनामुक्त नगरिए जुनसुकै कठोर कदम चाल्न मोर्चा बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुने चेतावनी सङ्गठन विभाग प्रमुख विनोद कपालीले दिएका छन् ।