• फाल्गुन ३० २०८२, शनिबार

महिलामाथि हुने हिंसामा ९० प्रतिशत आरोपी आफन्त

मंसिर ८ २०८०, शुक्रबार

काठमाडौं । महिलामाथि हुने हिंसाका अधिकांश घटना चिनजानकै व्यक्ति र आफन्तबाट हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयको अध्ययनले सो तथ्या खुलाएको हो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको प्रहरीले माहिला तथा बालबालिकामाथि हुने अपराध न्यूनीकरणका लागि सबै सरोकारवाला पक्ष सचेत रहनुपर्ने जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा महिला बालबालिकामाथि तीनहजार ६७८ घटना घटेको तथ्यांकले देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी आफन्त र चिनजानकै व्याक्तिबाट हुने गरेको खुलेको हो ।

कुल घटनाको ८८ प्रतिशत आफन्त र चिनजानकै व्यक्तिबाट भएको अपराध अनुसन्धान विभागका एसएसपी डा.मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले बालबालिका तथा महिला हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबारदेखि सुरु गरेको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले प्रहरीले शून्य सहनशिलताका साथ महिला हिंसाविरुद्ध काम गर्ने बताए । महिलामाथि यौनहिंसा, बहुविवाह, बालविवाह, तेजाप प्रहार, घरेलु हिंसा तथा जातीय छुवाछुतका घटना हुने गरेका छन् ।