• मंसिर १३ २०८१, बिहीबार

घट्यो बैंकहरूको आधार दर, कसको कति ?

मंसिर ८ २०८०, शुक्रबार

काठमाडौं । वाणिज्य बैंकहरूको औसत आधारदर सामान्य घटेको छ । हालसम्म ११ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन् । यी बैंकहरूको औसत आधार दर १०.१६ प्रतिशतबाट घटेर १०.०४ प्रतिशत भएको छ ।

सबै ११ वटै वाणिज्य बैंकको आधार दर घटेको छ। अहिले पनि धेरै बैंकको आधार दर १० प्रतिशत माथि नै छ । केहीको भने योभन्दा तल आएको छ । बैंकहरूले हरेक महिना यसअघिका तीन–तीन महिनाको औसत आधार दर अनुसार कर्जामा ब्याजदर लिन्छन् ।

क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने भएको छ । बैंकहरूको कर्जा लगानीको वृद्धिदर सुस्तिएपछि मंसिरमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । यसले पुँजी लागत घट्छ र कर्जाको ब्याजदर समेत घट्न सहयोग पुग्छ । बैंकहरूले मंसिरको लागि प्रकाशित ब्याजदरमा प्रिमियम दर पनि घटाएका छन् ।

अहिले पनि धेरै बैंकको यस्तो प्रिमियम अधिकतम ५ प्रतिशत छ । एनआइसी एशिया, सिटिजन्स, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा, नेपाल एसबिआई बैंकको अधिकतम प्रिमियम दर ५ प्रतिशतभन्दा पनि कम छ । एनआइसी एशिया बैंकको अधिकतम प्रिमियम दर सबैभन्दा कम ९३ प्रतिशत मात्रै० छ ।