• फाल्गुन ३० २०८२, शनिबार

सांसद कार्कीको आह्वान,‘काठमाडौंमा लडेर शक्ति खर्च गर्नुभन्दा जाजरकोट आउनुस् भूकम्प पीडितलाई टहरा बनाइदिन’

मंसिर ७ २०८०, बिहीबार

खलंगा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा..तोसिमा कार्कीले काठमाडमौंमा आ–आफै लडेर शक्ति बरबाद गर्नुभन्दा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न आह्वान गरेकी छिन् ।

काठमाडौँमा आज एमालेको भातृ सगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको शक्ति प्रदर्शन गरिरहेका छन् । सांसद कार्कीले सोही विषयमा लक्षित गर्दै काठमाडौँमा शक्ति बरबाद गर्नुभन्दा प्रभावित क्षेत्रमा आएर व्यवस्थापनमा सहयोग गर्न आह्वान गरेकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘आ–आफै लडेर शक्ति बरबाद किन गर्नुहुन्छ ? बरु आउनुस् दुवै पक्ष यता जाजरकोटतिर, अस्थायी टहरा निर्माण गरौँ । घरसँगै पुरिएका सामानहरू निकालिदिऔँ । म यहीँ छु जाजरकोटमै, तपाईंहरूको शक्ति पनि यता जनतालाई सदुपयोग गरौँ ।’

सांसद कार्की कार्तिक १८ गतेदेखि निरन्तर भूकम्प प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छिन् ।