काठमाडौँ । एमाले निकट युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईंलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका छन् । काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताए ।
उनले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताए । साथै उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताए ।
‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईंलाई अगाडि बढाइरहेका छन्,’ बस्नेतले भने, ‘आज दुर्गा प्रसाईंले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रम युवा विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो ।’ नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईं समाप्त भएको घोषणा समेत गरे ।