• फाल्गुन ३० २०८२, शनिबार

रोकिएन आन्दोलनकारी–प्रहरी झडप, बल्खुबाट सानेपातर्फ सर्‍यो तनाव

मंसिर ७ २०८०, बिहीबार

काठमाडौं । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर बल्खुचोक खाली गराएपछि तनाव सानेपातर्फ सरेको छ ।

आन्दोलनकारीले बल्खु पुल तरेर सानेपातर्फबाट प्रहरीलाई ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको छ । चक्रपथ क्षेत्रमा अहिले पनि तनाव जारी रहेको छ ।