• फाल्गुन ३० २०८२, शनिबार

भोलिदेखि काठमाडौं बन्द हुन्छ : दुर्गा प्रसाईं

मंसिर ७ २०८०, बिहीबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । उनले काठमाडौंको आजको प्रदर्शनका क्रममा अब भोलिदेखि काठमाडौं बन्द हुने बताएका हुन् ।

यसैबीच बल्खुमा प्रहरीसँग भएको झडपमा आठ-नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर बनाउनेक्रममा दोहोरो झडप भएको हो । त्यसमा आन्दोलनकारी भन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए ।

‘हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५÷३० जना घाइते भएका छन्’ प्रसाईंले भने,‘अब भोलिदेखि काठमाडौं बन्द हुन्छ । आज नै केही मात्रामा मात्र खुलेको हो ।’

उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।