• मंसिर १३ २०८१, बिहीबार

आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा सेवा क्षेत्रमा २९ अर्ब घाटा

मंसिर ६ २०८०, बुधबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा सेवा क्षेत्र २९ अर्बले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन, भदौ र असोजमा नेपालले सेवा क्षेत्रमार्फत् ५३ खर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

विभिन्न सेवा ३२ अर्ब ९३ करोड र पर्यटन क्षेत्रबाट मात्रै सरकारले १७ अर्ब आम्दानी गरेको छ । तर, यसैगरी तीन महिनाको अवधिमा सेवा क्षेत्रमार्फत ८२ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । सबैभन्दा बढी भ्रमणमा जानेबाट ५१ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ ।

यस्तै, विदेश पढ्न जानेबाट ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । यसरी पछिल्लो तीन महिनामा सेवा क्षेत्र २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको हो । एक वर्षमा करिब ८४ अर्बको घाटा
गत आर्थिक वर्ष २०७९/०८० मा नेपालले सेवा क्षेत्रमा ८३ अर्बको घाटा बेहोरेको छ ।

गत वर्ष नेपालले सेवा क्षेत्रबाट एक अर्ब ८८ अर्ब आम्दानी गरेको थियो । पर्यटन क्षेत्रबाट ६१ अर्ब र अन्य क्षेत्रबाट एक खर्ब १५ अर्ब आम्दानी भएको थियो । गत वर्ष सेवा क्षेत्रमार्फत देशले दुई खर्ब ७२ अर्ब गुमाएको छ । सबैभन्दा बढी भ्रमणमा जानेबाट एक खर्ब ४४ अर्ब रुपैयाँ बाहिरिएको थियो । यस्तै, पढ्न जानेले एक खर्ब रुपैयाँ लगेका थिए । यसरी एक वर्षमा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८४ करोडले घाटामा रहेको हो ।